प्रधानमन्त्री शाहलाई सांसदको पश्न, न्युयोर्क भ्रमणबारे सदनमा जानकारी गराउने योजना छ कि छैन ?

काठमाडौं, १३ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनए फर्किएको विषयमा सदनले जानकारी नगराएको विषय संसद्मै उठेको छ ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले मंगलबार पनि यो विषय उठाइन् । प्रधानमन्त्रीज्यू नेपालको कार्यकारीप्रमुख मात्र होइन । यही प्रतिनिधिसभाबाट निर्वाचित पनि हुनुहुन्छ । त्यसैले उहाँको विदेशभ्रमण संसद्प्रति जवाफदेही हुनैपर्छ,’ उनले भनिन् ।

सरकारले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरेको सार्वजनिक भएको उल्लेख गर्दै उनले थपिन्, ‘प्रधानमन्त्रीज्यूले विदेश जानु अगाडि यस सम्मानित सदनलाई भ्रमणको उदेश्य र एजेण्डा तथा राष्ट्रहित प्राथमिकताबारे जानकारी गराउने तथा स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धी र भएका महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापुवर्क लिनुपर्छ ।’

यो नगर्ने हो भने सरकार संसद्प्रति जवाफदेही नभएको सन्देश जाने उनको आग्रह छ । यतिको हुँदा समेत संसदलाइर्ए जानकारुी नगराएको भन्दै उनले या् पश्न उठाएकी हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर स्वदेश फर्किइसकेका छन् ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।

महासभालाई सम्बोधन गरेर उनी असोज १० गते स्वदेश फर्किएका हुन् ।

महासभामा प्रधनमन्त्री शाहले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोको क्षति, पर्वतीय देशका संकटहरू र जलवायु न्यायको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराए ।

उनले विश्वका ठुला र शक्तिशाली देशहरूको ध्यान तथा स्रोत नागरिकको जीवन रक्षा र पर्यावरण बचाउनुभन्दा हतियार, सैन्य शक्ति र व्यापारिक होडबाजीमा बढी केन्द्रित भएको भनेर विषय उठाए । शान्ति र विश्व कल्याणको सन्देश दिएका थिए ।

न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

उक्त भ्रमणबारे प्रधानमन्त्री वालेन्द्रले संसदलाई भने जानकारी गराएका छैनन् । उनलाई संसदप्रति जवाफदेहि बनाउन सभामुख समक्ष आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्