नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता आइपीओ आज देखि खुल्ला

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आज (असार १० गते) देखि १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये २४ हजार कित्ता (५ प्रतिशत) कम्पनीका कर्मचारी र २४ हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । त्यसपछि बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

आइपीओमा असार १३ गतेसम्म आवेदन दिन मिल्नेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ४ गतेसम्म भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्