जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहनः मन्त्री मेहता

काठमाडौं, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ९पहिलो संशोधन० विधेयक–२०८३’ प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।

विधेयक प्रस्तुत गर्नेक्रममा उनले भनिन्, ‘नेपालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि बिदा प्रोत्साहन समेतका व्यवस्था हुनेगरी कानूनमा संशोधन गर्न आवश्यक रहेको छ ।’

यो विधेयक मन्त्री मेहताले यही असोज ५ गते प्रतिनिधिसभामा दर्ता गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्