नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित
काठमाडौं, ११ असोज । नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्।
बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवगमन बन्द गरिएको हो।
अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका सवारी साधन र यात्रुहरू रोकिएका छन्।
भरतपुरको नारायणघाटतर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भिड छ।
उक्त क्रुजसिप नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको सशस्त्र प्रहरी बलका डिएसपी तथा सह(प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्म पूर्वी नवलपरासी तथा नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।








प्रतिक्रिया दिनुहोस्