मनाङमा मर्स्याङ्दी नदी थुनियो, साइरन बज्यो
काठमाडौं, ११ असोज । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो।
उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो। ‘घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले भने, ‘नदीको बहाब बढिरहेकोले जोखिम बढिरहेको छ।’
अहिले मर्स्याङ्दी नदीमा साइरन बजिरहेको छ।







प्रतिक्रिया दिनुहोस्