स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता,  नयाँ गाडी किन्न अब झनै सहज

काठमाडौं: नेपालका लागि  कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ। यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी (Honda CR-V), सिटी इ:एचईभी (CITY e:HEV), फिफ्थ जेन सिटी (5TH GEN CITY) र एलिभेट (ELEVATE) लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ।

उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर श्री अमित के.सी. र हेड-मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन श्री दीपक आचार्य तथा स्याकार ट्रेडिङ्ग कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक (MD) सुश्री सृजना शाक्य ज्योतिले हस्ताक्षर गर्नुभएको थियो।

यस सम्झौताले ग्राहकहरूको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो छरितो रूपमा साकार पार्न मद्दत पुग्ने दुवै संस्थाले विश्वास लिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्