पृथ्वी राजमार्गमा विभिन्न सात स्थानमा पहिरो खस्दा बोटो अवरद्ध

काठमाडौं, ९ असोज। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खस्दा बोटो अवरद्ध भएको छ ।

सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।

दाहाल भने, ‘पृथ्वी राजमार्गका विभिन्न सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ ।’

कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको उनले बताए । यसले गर्दा यात्रुहरुलाई सास्ती खेप्नु परेको छ । आठ असोजदेखि निरन्तर वर्ष भएका कारण जनजिव्न अस्तव्यस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्