कांग्रेसको १५ औँ महाधिवेशनको लोगोमा बीपीदेखि शेरबहादुर देउवासम्मको तस्बिर
काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनको लोगो सार्वजनिक गरेको हो।
कांग्रेसले १५ औँ महाधिवेशनको लागि ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।
महाधिवेशनको लोगोमा पूर्वसभापतिहरु बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।
कांग्रेसले गर्न लागेको यो महाधिवेशनमा पूर्वसभापति देउवा समूह बाहिरै छ। यो समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले समूहले बेग्लै महाधिवेशनको लागि तयारी तीव्र पारेको छ।







प्रतिक्रिया दिनुहोस्