महाधिवेशनका लागि देउवा समूहले धमाधम संयोजक तोक्यो

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले समूहले बेग्लै महाधिवेशनको लागि तयारी तीव्र पारेको छ। आफ्नो पक्षको महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमान्ने जिल्ला सभापति भएको ठाउँमा देउवा समूहले धमाधम संयोजक तोकेको हो।

संस्थापन पक्षले असोज १६ गतेदेखि महाधिवेशन गर्दै छ। देउवा समूहले १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै छ।

आफूहरूले अधिकांश जिल्लामा संयोजक तोकिसकेको १५ औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले बताए।

जिल्ला संयोजक तोक्ने काम भइरहेकाले भोलिसम्ममा आफूहरूले औपचारिक रूपमा नाम सार्वजनिक गर्ने बताए।

प्राप्त सूचीअनुसार मधेश प्रदेशका सबै जिल्ला, अछाम, सिन्धुली, काभ्रे, तनहुँ, मुस्ताङ, स्याङ्जा, रुकुम पश्चिम, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ।

कोशी प्रदेशअन्तर्गत पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईँ, सङ्खुवासभामा रामकुमार जिसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुङ्गामा वालगोविन्द राजभण्डारी र उदयपुरमा वसन्त बस्नेतलाई संयोजक तोकिएको छ।

बागमती प्रदेशअन्तर्गत दोलखामा ताराकुमार खड्का, रामेछापमा जितबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ र मकवानपुरमा भीम लामालाई जिम्मेवारी दिइएको छ।

भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ।

गण्डकी प्रदेशमा गोरखाको जिम्मेवारी भूगोल थापा, लमजुङको रामकृष्ण कँडेल, कास्कीको ऋषिराम काफ्ले, मनाङको नाचोड गुरुङ, पर्वतको रामकृष्ण मल्ल, म्याग्दीको हिराबहादुर पुन मगर, बागलुङको सागर छन्त्याल र नवलपुरको अशोक बस्ताकोटीलाई दिइएको छ।

लुम्बिनी प्रदेशमा नवलपरासीका लागि विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे र गुल्मीमा वेदबहादुर थापा संयोजक तोकिएका छन्।

यस्तै, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जगतप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशमा बाजुराको संयोजकमा धनराज पण्डित, बझाङमा हर्क जङ्गबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई तोकिएको छ।

यस्तै, कर्णाली प्रदेशअन्तर्गत डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुढा थापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा ९मिलन० र सुर्खेतमा ललित भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्