आज सुनचाँदी दुबै मुल्य घट्यो, तीन लाख मुनी
काठमाडौं, ८ असोज। नेपाली बजारमा आज बिहीबार सुन/चाँदीको भाउ घटेको छ।
बुधबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला चार हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्