पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौं, ८ असोज। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो ।

यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्