पहिलो जितको खोजीमा कोरिया, नकआउटको लक्ष्यमा मेक्सीको

काठमाडौँ । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा जर्मनीलाई सनसनिपुर्ण रुपमा पराजित गरेको मेक्सीको विरुद्ध आज एसियन सहभागि दक्षिण कोरिया प्रतिष्पर्धा गर्दै छ ।

आज राती ८ः४५ बजे हुने प्रतिष्पर्धामा मेक्सीको विरुद्ध कोरिया जित निकाल्नु पर्ने दबाबमा छ । समुहमा सहज प्रतिद्धन्दि मानिएको कोरियालाई हराउँदै मेक्सीको नकआउचरण पुग्ने ध्याउनमा हुने छ। पहिलो खेलमा स्वीडेनसँग १–० ले पराजित भएकाले नकआउट सम्भावना कायमै राख्नपनि जित निकाल्नु पर्ने दबाब कोरियालाई हुनेछ ।

मेक्सीकोलाइ फुटबलमा नकआउट चरणमा संधैको दाबेदार मान्ने गरिन्छ। यो पटक पनि उसले आफ्नो नकआउट दाबेदारी बलियो बनाएको छ । साविक विश्व विजेता जर्मनीमाथी १–० को जित निकाल्दै महत्वपुर्ण तीन अंक बनाएकाले मेक्सीको एक खेलअगावै नकआउट चरणमा पुग्नका लागि कोरियाविरुद्ध जितका लागि प्रतिष्पर्धा गर्ने छ ।

कोरियालाई पराजित गरेमा ६ अंकका साथ मेक्सीको छनोट हुने छ । यस्तोमा जर्मनी र स्वीडेन मध्ये एक टिम बाहिरिने निश्चित हुने छ । दक्षिण कोरिया र मेक्सीको एक अर्का विरुद्ध परिचित प्रतिद्धन्दि हुन् । यीबीच ११ पटक एक अर्का विरुद्ध प्रतिष्पर्धा भएको छ जसमा मेक्सीकाले ६ पटक जित निकाल्दा कोरियाले ४ पटक जित हासिल गरेको छ ।

यि दुईबीच एकपटक खेल बराबरी भएको छ। पछिल्लो पटक मैत्रिपुर्ण खेलमा २०१४ मा मेक्सीको ४–० ले विजयी भएयता भने दुबै टिम आमुन्ने सामुन्ने भएका छैन ।

प्रतिक्रिया दिनुहोस्