पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन
काठमाडौं, ७ असोज । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा। सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६स्५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
उनको भोलि ९बिहीबार० दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा राखिने बरालले बताए ।
शर्मा ६ कार्यकाल काठमाडौं विश्वविद्यालयमा उपकुलपति भएका थिए । उनकै नेतृत्वमा केयूको स्थापना भएको थियो ।
बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशक पनि थिए ।
उनले कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए ।
विद्यालयदेखि उच्च शिक्षासम्म उनले योगदान दिएका थिए ।
बूढालीनकण्ठ स्कुलको अध्यक्ष भएर पनि उनले काम गरेका थिए । शर्माको श्रीमती र चार छोरी थिए । एक छोरी र श्रीमतिको निधन भइसकेको छ ।






प्रतिक्रिया दिनुहोस्