सामसङको दसैं–तिहार अफर: आकर्षक क्यासब्याक, नि:शुल्क पक्का उपहार र लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने मौका

काठमाडौं, ४ असोज । सामसङ नेपालले दसैं–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्समा विशेष अफर ल्याएको छ। ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नाम दिइएको अभियानमा ग्राहकले लक्की ड्रमा सहभागी हुनुका साथै क्यासब्याक र विभिन्न उपहार पाउने व्यवस्था गरिएको छ।

अफर २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

कम्पनीका अनुसार लक्की ड्रबाट दैनिक ३१ जना विजेता छनोट हुनेछन्। दैनिक विजेताले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टिभीमध्ये एक पुरस्कार पाउनेछन्। त्यस्तै, साप्ताहिक रूपमा ८ जना विजेता छनोट गरी एक टन क्षमताको सामसङ एसी प्रदान गरिनेछ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानको पछाडि रहेको स्टिकरमा उल्लेख भएको १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘Samsung’ पछि सिरियल नम्बर राखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएस पठाएपछि ग्राहकले सहभागिता पुष्टि भएको जानकारी एसएमएसमार्फत नै पाउने कम्पनीले जनाएको छ।

लक्की ड्रका विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ। विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमा समेत राखिने कम्पनीले जनाएको छ।

लक्की ड्रबाहेक ग्राहकले छनोट गरिएका सामसङ टिभी तथा होम अप्लायन्स खरिदमा क्यासब्याक र अन्य उपहार पनि पाउनेछन्। टिभीमा अधिकतम २६ प्रतिशतसम्म, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।

रेफ्रिजेरेटर खरिदमा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र वासिङ मेसिनमा ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ। छनोट गरिएका टिभी मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्म निःशुल्क एनईटीटीभी प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै, छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ।

ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा समेत सामान खरिद गर्न सक्नेछन्।

पुराना उपकरण नयाँ सामसङ होम अप्लायन्ससँग साट्न चाहने ग्राहकले अर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सबै अफर सीमित अवधिका लागि मात्र लागू हुने र सर्त तथा नियमअनुसार उपलब्ध हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्