सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो
काठमाडौं, ३ असोज। आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ । यसले अन्तराष्ट्रिय मात्रै नभई राष्ट्रि बजारमा पनि प्रभाव परेको छ ।







प्रतिक्रिया दिनुहोस्