कोशी, बागमती र गण्डकी प्रदेशको पहाडीमा भारी वर्षाको सम्भावना

काठमाडौं, ४ असोज । आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

देशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्