१३ देशमा राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २ असोज । सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार सिफारिसमा परेका व्यक्तिहरू विभिन्न क्षेत्रको अनुभव, विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वदायी भूमिकामा योगदान गरेका व्यक्तिहरू हुन्। मन्त्रिपरिषद्बाट सिफारिस भएका नामहरू अब संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित देशबाट अग्रिमो ९स्वीकृति० लिन पठाइनेछ।

सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले ती व्यक्तिहरूलाई सम्बन्धित देशका लागि नेपालको राजदूतमा औपचारिक रूपमा नियुक्त गर्ने व्यवस्था छ।

कुन देशमा को

१) भारतका लागि प्रस्तावित राजदूत डा.निश्चलनाथ पाण्डे

२) चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा

३) अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा

४) यूकेका लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा

५) जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा

६) इजरायलका लागि प्रस्तावित राजदूत रेशकुमार कर्ण

७) स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन

८) जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी

९) ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा

१०) मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल

११) दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतप्रा। डा. सङ्गम श्रेष्ठ

१२० श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मंचल झा

१३) साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार

 

प्रतिक्रिया दिनुहोस्