विभिन्न मुलुकबाट चार करोड ३८ लाख रकम बाढी प्रभावितका लागि संकलन
काठमाडौँ, २ असोज । भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न मुलुकबाट रकम आउने क्रम जारी छ । गैर आवाशिय नेपाली सङ्घ () ले चार करोड ३८ लाख रकम संकलन गरेको जनाएको छ ।
विदेशमा बसोबास गर्ने नेपालीले पीडितलाई सहयोग गर्ने उद्देश्यले सो रकम सङ्घमा सङ्कलन गरेका हुन । बहाराइन, युके, नर्वे, ओमान, नेदरल्याण्ड, लग्जम्बेर्ग, साउदी अरेविया, टर्की, म्यानमार, इजरेलमा बसोबास गर्ने नेपालीले उक्त रकम पठाएका हुन भने सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले अन्य स्थानबाट पनि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको सङ्घले जनाएको छ । सङ्घका पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघ संस्था र नेपालीहरुको व्यक्तिगत तर्फबाट रुपैयाँ सहयोग कोषमा जम्मा भएको छ ।
एनआरएनएले स्थलगत निरिक्षणका क्रममा देखेको अवस्था, बाढी प्रभावित क्षेत्रमा देखिएका तत्कालीन आवश्यकता, राहत सामग्री ढुवानी तथा वितरणका क्रममा देखिएका चुनौती र आगामी दिनमा राहत तथा पुनस्र्थापनाका लागि गर्न सकिने सहकार्यका विषयमा सरोकार पक्षसँग सुझाव संकलन गरेको छ ।
बाढीबाट प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउन पाँच करोड रुपैया सरकारलाई उपलब्ध गराएको सङ्घले विपद् राहत, स्वास्थ्य सहायता, खाद्य सहयोग, शिक्षा, महिला सशक्तीकरण, जीविकोपार्जन तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्