५० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा
काठमाडौं, २ असोज। नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको नया नोट आजदेखि चलनचल्तीमा ल्याउने ल्याएको छ।
राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याएको हो।
राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं। ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ।
नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ।
नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको मुनी ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।
नोटमा गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
त्यस्तै, १।२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘ल्च्द्य’ लेखिएको छ।
नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ।
त्यसको माथि ‘ल्भ्एब्ी च्ब्क्त्च्ब् द्यब्ल्प्’ लेखिएको छ भने तल्लो भागमा ‘च्ग्एभ्भ्क् ँक्ष्ँत्थ्’ र सिरिज नम्बर ‘द्दण्द्दछ ब्।म्।’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि रुपैयाँ ५० दरको ९सिरिज २०१९० बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो।
उक्त नोटमा उल्लेखित संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।







प्रतिक्रिया दिनुहोस्