नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा गोर्खाज फाइनान्सको सहभागिता, कर्जामा विशेष सुविधा
काठमाडौं, १ असोज । काठमाडौंको भृकुटिमण्डपमा आजेदेखि आसोज ४ गते सम्मचल्ने नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा गोर्खाज फाइनान्स लिमिटेडको सहभागिता रहेको छ ।
घर किन्न चाहने सेवाग्राहीलाई वित्तीय पहुँच विस्तार गर्ने, कर्जा र सुविधाका बारेमा परामर्श गर्ने उद्देश्यले मेलामा सहभागिता जनाएको हो ।
यसका सथै फाइनान्सले विषेश सुविधासहित घर कर्जा लोन ल्याएको छ ।
फाइनान्सल ३५ वर्षसम्मको कर्जा अवधि पनि ल्याएको छ । यसका लागि सम्पूर्ण शाखाबाट कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । ३५ वर्ष उमेर पुगेका वर्गलाई लक्षित गरेर ल्याइएको उक्त योजनामा आधार दरमा थप ०.५ प्रतिशत प्रिमियममा कर्जा प्रदान गरिने जनाइएको छ । ऋणीले ७० वर्षको उमेरसम्म पुग्दा कर्जा फर्छयौट गर्नुपर्ने व्यवस्था मिलाइएको छ । गत भदौसम्म ६.२१ प्रतिशत कायम थियो ।
ऋणीको उमेर अनुसार सावा व्याज तिर्नका लागि किस्ता तयार पारिएको हुन्छ । उमेर बढदै गएका ऋणीलाई त्यसको अनुपातमा किस्ता तयार गरिएको हुन्छ । ७० वर्ष पुगेका मानिसले यो सुविधा लिन पाउदैनन । अर्कातर्फ २१ वर्ष उमेर पुगेर नागरिकता प्राप्त भएका सबै नेपाली नागरिकले कर्जा लिन पाउने व्यवस्था छ । बिहिबारदेखि भृकुटीमण्डपमा शुरु भएको घर निर्माण सम्बन्धी एक्सपोमा फाइनान्सले स्टल राखेर आफ्ना सेवाग्राहीलाई उक्त योजनाबारे जानकारी गराएको छ । कम्पनीको ५ दिनमा कर्जा स्वीकृति, ३५ वषएसम्मको कर्जा अवधि, सरल र सहज प्रक्रिया, देशभर २७ वटै शाखाबाट कर्जा प्रवाह जस्ता विशेष विशेषता रहेको छ ।
विसं २०५१ कात्तिक २४ गते काठमाडौं फाइनान्सका रुपमा स्थापित कम्पनीले गोर्खा बिकास बैंकलाई समाहित गरी २०७२ साल चैत २८ गते गोर्खाज फाइनान्स लिमिटेडका रुपमा सेवा प्रवाह गरिरहेको छ ।
गत आ.व. २०८२/८३ को चौथो त्रैमासको रिपोर्ट अनुसार फाइनान्सले समीक्षा अवधिमा रु २१.९४ करोड (२१९.४० मिलियन) खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्ला वर्षहरूको तुलनामा निकै राम्रो सुधारका रुपमा लिइएको छ । संस्थाको कुल चुक्ता पूँजी रु. ८६ करोड ७९ लाख ९३ हजार ८०० पुगेको जनाइएको छ ।
सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिविधि गर्दै आएको फाइनान्सले हालै भोटेकोशीको बाढीमा सहयोग उपलब्ध गराएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले फाइनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख १८ हजार ४ सय २६.२७ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यस मानवीय अभियानमा संस्थामा कार्यरत कर्मचारीहरूले समेत आफ्नो दुई दिनको तलब बराबरको रकम योगदान गरेका छन् । सहयोग रकमको चेक फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई हस्तान्तरण गएिको हो ।
फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्