विश्वकप २०१८ मा : आइसल्यान्डको खेलमा अर्जेन्टिनाको भविष्य
काठमाडौं । समूह ‘डी’ को पहिलो खेलमा अर्जेन्टिनालाई सनसनिपूर्ण बराबरीमा रोकेको आइसल्यान्ड समूहको दोस्रो खेलमा सोही नतिजालाई कायम राख्ने ध्याउनमा हुनेछ ।
आज राति ८ः४५ बजे हुने खेल दुवै टिमका लागि महत्वपूर्ण हुनेछ । प्रतियोगिताको दोस्रो खेलमा क्रोएसियासँग अर्जेन्टिना पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरणको आस अब नाइजेरिया र आइसल्यान्ड बीचको खेलमा टिकेको छ ।
नाइजेरियाले आइसल्यान्डलाई पराजित गरे अर्जेन्टिनाको सम्भावना कायमै रहनेछ। बराबरीले पनि अर्जेन्टिनालाई फाइदा हुनेछ । तर, नाइजेरिया पराजित भएमा भने अर्जेन्टिनालाई थप कठिन हुनेछ। क्रोएसियाविरुद्ध २–० ले पराजित भएकाले नाइजेरियाका लािग अघिल्लो चरणको सम्भावनालाई कायमै राख्न निर्विकल्प जित आवश्यक रहेको छ ।
नाइजेरिया र आइसल्यान्डबीचको खेलमा सबैको नजर फेरि एकपटक आइसल्यान्डको खेलमा पर्नेछ । साविक विश्व उपविजेता अर्जेन्टिनाविरुद्ध साहसिक प्रदर्शन गरेको आइसल्यान्ड जारी विश्वकपमा पहिलोपटक सहभागी टिम हो । संसारको सर्वाधिक थोरै जनसंख्याको प्रतिनिधित्व गर्दै रसिया पुगेको आइसल्यान्ड आफ्नो पहिलो सहभागिता नै अविश्मरणीय बनाउने ध्याउन्नमा हुनेछ ।
यी दुई टिमबीच यसअघि १९८१ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो । मैत्रिपूर्ण खेलमा आइसल्यान्ड ३–० ले विजयी भएको थियो । त्यसैले पुन एकपटक नाइजेरियाविरुद्ध हाबी हुने प्रयासमा आइसल्यान्ड रहनेछ । नाइजेरिया पछिल्ला पाँच खेलमा जितविहीन रहेको छ । अबको एक हारले उसलाई विश्वकप बाहिर र्पुयाउनेछ । त्यसैले नाइजेरिया अब आइसल्यान्डविरुद्ध कुनै पनि हालतमा जित निकाल्ने आशामा रहनेछ ।















प्रतिक्रिया दिनुहोस्