आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढ्यो

३१ भदौ, काठमाडौं । बुधबार आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ ।
मंगलबार ३ लाख १ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको छ । यस दिन चाँदीको मूल्य ४ हजार ६ सय रुपैयाँ रहेकोमा बुधबार ८५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्