मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प

काठमाडौँ, ३१ भदौ। मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ र ४ः२८ बजे भूकम्प गएको छ ।

केन्द्रका अनुसार बिहान १ः५१ बजे ४।५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
यसले नागरिकमा त्रास छाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्