मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चारको उद्धार

काठमाडौँ, ३० भदौ। हेटौँडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय गाडी (ईभी) मकवानपुर इन्द्रसरोवर गाउँपालिका(२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चारको उद्धार गरिएको छ ।

उद्धार गरिएका १ जनालाई हेटौँडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फ लगिएको इप्रका भीमफेदीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको छ ।

 

दुर्घटनाको थप विवरण आउन तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्