ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । भक्तपुरको सानोठिमीमा शुक्रबार बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी.एण्ड.बी अस्पताल ग्वार्कोमा शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शुक्रवार बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ट्रिपरसहित चालक ३० वर्षीय राजन खड्गीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्