पहिरोका कारण त्रिभुवन राजपथ पनि अवरुद्ध
काठमाडौं, २५ भदौं । पहिरोका कारण त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको छ ।
गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं(हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ । बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ । पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।
जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।


प्रतिक्रिया दिनुहोस्