कोलोम्बियामा बस दुर्घटना १४ को मृत्यु

काठमाडौं । कोलोम्बियाको उत्तरपश्चिमी ग्रामीण इलाकामा आइतबार एउटा बस दुर्घटनाग्रस्त हूँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको कोलोम्बियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त बस मोटरसाइकललाई छल्न खोज्दा चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ ।

यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

कोलोम्बियाको राजधानी बोगोटाबाट ५०० किलोमिटर टाढा रहेको एक राजमार्गमा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्