बाढीबाट प्रभावितको लागि गोल्छा च्यारिटी ट्रष्टको १ करोड ११ लाख रुपैयाँ सहयोग
काठमाडौं, २४ भदौ । रसुवाको भोटेकोशीको विनासकारी बाढीबाट प्रभावित भएकाहरूकोराहतको लागि गोल्छा च्यारिटी ट्रष्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनासकारी बाढीबाट प्रभावित भएकाहरूको राहतका लागि गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण समेत गरिएको छ ।
यो सहयोग प्रभावित प्रभावित समुदायहरूका लागि सरकारले सञ्चालन गरिरहेको आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।


प्रतिक्रिया दिनुहोस्