देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिमा पूजा-आराधना

काठमाडौं, २३ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् ।

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् ।

उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए । आरध्यदेव पुशपतिनाथले नेपाली जनताले कल्याण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्