नेपाल र चीनबीच १० बुँदे सम्झौता, चिनियाँ रेल नेपाल ल्याइने

बेइजिङ । नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ ।

साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।

रेलसम्वन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्