१७ सय किलोको मासु खाने उपभोक्तालाई ग्यास महँगो होइनः आयल निगमका कार्यकारी निर्देशक साह

काठमाडौँ, २० भदौ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन० द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर चारसय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिए ।

व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भमा उपभोक्ताका मूल्य महँगोबारेको गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने उनले बताए । ुुआज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ । तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने रु पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन,ुु उनले भने,ुु मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो । यो हामी सबैको साझा दायित्व हो ।ुु

नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकोले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उनले बताए । बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिएको भए पनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्