प्रहरीको छापा सुन प्रकरणमा पक्राउ परेका बिमल पोद्दारको घरमा

काठमाडौं । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमाा पक्राउ परेका भारतीय नागरिक एवम् व्यवसायी बिमल पोद्दारको घरमा प्रहरीले छापा मारेको छ ।

सुन तस्करी प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिले मंगलवार पक्राउ गरेका पोद्दारको काठमाडौंको कालिकास्थानस्थित सन सिटी अपार्टमेन्टमा रहेको पोद्दारको घरमा प्रहरीले छापा मारेको हो ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले टोलीले पोद्दारको घरमा छापा मारेको हो ।

मंगलवार साँझ पक्राउ परेका पोद्दार महानगरीय प्रहरी कालीमाटी बृत्तको हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर पोद्दारमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्