यूएईमा नेपाली प्रिमियर लिग हुँदै

काठमाडौं, २० भदौ। संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण हुने भएको छ ।

आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी ४ टोलीबीच कुल ७ खेलमा प्रतिस्पर्धा हुनेछ । खेलहरू प्रत्येक शनिबार राति ९ः०० बजे र ११ः५९ बजे हुनेछन् भने सेप्टेम्बर २६ मा फाइनल खेल र समापन समारोह राखिएको छ ।

दुबईस्थित हिल्टन होटलमा आयोजकले पत्रकार सम्मेलन गर्दै जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल ९दुबई० का कन्सुल कुञ्जन शाहले प्रवासी नेपाली प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्