मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं, १८ भदौ। प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बालिरंग सेवामा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
त्यसैगरी अन्तरंग सेवामा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पिटलको प्रचलित दरमा १५५ छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पिटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लि।का तर्फबाट कन्ट्री हेड–भारत सुनिल मिश्राको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्