उत्तर कोरियाली विदेशमन्त्री क्युबा भ्रमणमा जादै

काठमाडौं । उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु सोमबार क्युवाको भ्रमणमा जान लागेका समाचार छ । उनी सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ ।
उत्तर कोरिया र क्युबाविचको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिका विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उनी क्युबा जान लागेका बताइएको छ ।
क्युबाको विदेशमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा दिएको जानकारी अनुुसार उहाँ सोमबारनै अपरान्ह क्युबाको राजधानी हवाना पुग्न लागेका उल्लेख छ । सो भ्रमणमा उहाँले आफ्ना समकक्षी बुर्नो रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । उनी क्युबामा दुई दिनसम्म बस्नुहुने छ । त्यस क्रममा उहाँ हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुने छ ।
पछिल्लो समाचार अनुसार उहाँको सो भ्रमण यस्तो समयमा भएको छ जुन समयमा उत्तर कोरिया र क्युबासँग नै अमेरिकाको सम्बन्ध विग्रिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ ।
उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन् कडा रुपमा प्रस्तुत हुने गरेको छ । यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन ।
त्यसैगरी क्युबासँग अमेरिकाको झण्डै आधा शताब्दि लामो समयदेखि सम्बन्ध विग्रिएको थियो । त्यस सम्बन्धमा अमेरिकाका भुतपुर्ब राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो । तर ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्