योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ

धनुषा । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा विहिवार आयोजित योग अभ्यास कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुनेहँुदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गरे ।

सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु , साधक साधिकालेसमेतले योग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्