विश्वकप फुटबल २०१८ : अन्तिम खेल अगावै छनोटको लक्ष्यमा डेनमार्क
काठमाडौँ । युरोपियन सहभागी डेनमार्क प्रतियोगितामा समूहचरणको दोस्रो खेलमा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
समूह ‘सी’ अन्तर्गत बिहीबार हुने खेलमा एसियन छनोट खेलेर विश्वकप पुगेको अस्ट्रेलिया प्रतियोगिताको पहिलो जितको खोजिमा रहँदा डेनमार्क पेरुपछि लगातार दोस्रो जितसहित नकआउट चरणमा स्थान बनाउने प्रयासमा हुनेछ । डेनमार्कका लागि अस्ट्रेलियाविरुद्धको खेल अपराजित यात्रालाई निरन्तरता दिने चुनौतीका रूपमा समेत रहनेछ ।
डेनमार्क पछिल्ला १५ खेलमा अपराजित रहेको छ । २०१६ यता कुनै पनि अन्तराष्ट्रिय खेल नहारेकाले डेनमार्क सोहि लयलाई जारी राख्न चाहान्छ । डेनमार्कले १५ खेलमा निकै कम गोल खाएको छ । उसले हेरक ५ खेल बराबर एक गोल खाएको छ ।
समग्रमा ३ गोल मात्र खाएको छ त्यसैले आफ्नो बलियो छवि कारण अस्ट्रेलियालाई संकट पर्न सक्नेछ। अस्ट्रेलिया समूहको आफ्नो पहिलो खेलमा फ्रान्ससँग २–१ले पराजित भएको छ । पहिलो खेलमा पराजित भएपछि विश्वकप अभियानलाई जारी राख्न पनि दोस्रो खेलमा जित निकल्नु पर्ने चुनौती डेनमार्कलाई रहेको छ ।
त्यसोत अस्ट्रेलिया विश्वकप इतिहासमापनि कमजोर सावित हुँदै आएको छ। उसले खेलेका १४ विश्वकप खेलमा २ खेलमा मात्र जित निकालेको छ । पछिल्लो जितका रूपमा अस्ट्रेलियाले सर्बियालाई २०१० मा पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया जितविहीन छ ।
अस्ट्रेलिया र डेनमार्क फिफाको औपचारीक ठुला प्रतियोगिताहरुमा एक अर्का विरुद्ध प्रतिष्पर्धा गरेका छैनन्। तर मैत्रिपुर्ण खेलमा भने एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । जसमा डेनमार्क हावि छ । तीनपटक भएका मैत्रिपुर्ण खेलमा दुईवटामा डेनमार्कले जित निकालेको छ ।
२००७ मा भएको पहिलो खेलमा ३–१ को जित निकाल्दा दोस्रो खेलमा २०१० मा १–० ले अस्ट्रेलिया विजयी भएको थियो । तर, २०१२ मा २–० ले डेनमार्क विजयी भएको थियो ।















प्रतिक्रिया दिनुहोस्