बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्क विहिन

काठमाडौं, १७ भदौ । भदौ १० गते आएको रसुवा बाढीको कारण बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना, माछापुच्छ्रे बैंकको ५ जना, एनएमबी र प्रभु बैंकका ४र४ जना, लक्ष्मी सनराइज र सानिमा बैंकका २र२ जना, ग्लोबल आइएमई र हिमालयन बैंकका १र१ जना कर्मचारी अझै सम्पर्क विहनि भएको एशोसियसनले जनाएको छ ।

खोजी कार्य चलिरहे पनि कर्मचारी अझै सम्पर्कमा आउन नसकेको बैकहरु पनि जनाएको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ रहेको र करिब ५५ करोड रूपैयाँ बराबरको मालसामनमा क्षति पुगेको बताइएको छ।

यी शाखाबाट दुई अर्ब ४२ करोड रूपैयाँ बराबरको कर्जा लगानी भएको छ।

त्यस्तै, तीन निर्माणाधीन सहित आठ जलविद्युत कम्पनीमा क्षति पुगेको एसोसिएसनले उल्लेख गरेको छ।

बैंकहरूका अनुसार यी आयोजनामा करिब सात अर्ब रूपैयाँ बराबरको लगानी भइसकेको देखिन्छ।

५ मेगावाटको मैलुङ खोला हाइड्रो, २० मेगावाटको लाङटाङ खोला, ३७ मेगावाटको त्रिशूली जलविद्युत, १११ मेगावाटको रसुवागढी, ५१२ किलोबाटको प्राइम माइक्रो हाइड्रोमा क्षति पुगेको हो।

मैलुङ खोला हाइड्रोमा एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरण लगानीमा २५ करोड ८० लाख कर्जा लगानी भएको हो।

लाङटाङ खोलामा पनि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा दुई अर्ब ५० करोड लगानी भएको हो।

नबिल बैंकले ३७ मेगावाटको त्रिशूली जलविद्युत कम्पनीमा तीन अर्ब ३० करोड र १११ मेगावाटको रसुवागढीमा ४९ करोड ८० लाख रूपैयाँ लगानी गरेको हो।

प्राइम माइक्रो हाइड्रोमा प्रभु बैंकले ९ करोड १८ लाख लगानी गरेको हो।

त्यस्तै, बैंकहरूको लगानी रहेको निर्माणाधीन तीन आयोजनामा पनि क्षति पुगेको छ।

ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रो लिमिटेडले निर्माण गर्न लागेका यी तीन आयोजनामा कर्जा लगानी सुनिश्चितता भइसके पनि कति रकम कर्जा लगानी भएको थियो भनेर बैंकहरूले खुलाएका छैनन्।

इनर्जी इन्जिनियरिङमा नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैंकको संयुक्त लगानी रहेको छ।

लगानी रकम भने बैंकहरूले खुलाएका छैनन्। ब्लू इनर्जी हरारत्न हाइड्रो लिमिटेड नेपाल इन्भेष्टमेन्ट मेगाको लगानी छ।

ब्लू इनर्जी लिमिटेडले १ सय मेगावाटको सुपर त्रिशूली र हरारत्न हाइड्रो लिमिटेडले ६६ मेगावाटको टाडी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको थियो।

सुपर त्रिशूली र टाडी खोलाको कुल लागत १३ अर्ब रूपैयाँभन्दा बढी अनुमानित लागत छ।

प्रतिक्रिया दिनुहोस्