ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई १ करोड आर्थिक सहयोग प्रदान

काठमाडौं, १६ भदौं । ज्योति विकास बैंकले रसुवा भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरुको आर्थिक सहयोग गरेको छ ।

बैंकले बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले १ करोड रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

अर्थमन्त्री डा स्वर्णीम वाग्ले मार्फत कोषमा बैंकले १ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेकेो जनाएको छ ।

साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप ५० लाख सम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले डिजिटल प्रविधिद्वारा सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्