नेपाल बैंकको एफपिओ असार १५ गतेदेखि, बिक्री खुलेको दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने
काठमाडौं । नेपाल बैंकले असार १५ गतेदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ जारी गर्न गर्ने भएको छ । बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।

बैंकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । बैंकले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । जसमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
नेपाल बैंकको एफपिओ खुलेको दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने भएका छन् । एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित एफपिओ विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपीओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम प्राप्त हुनेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।















प्रतिक्रिया दिनुहोस्