रसुवा-नुवाकोट बाढी : कहाँ-कहाँ परिचालित छन् सुरक्षाकर्मी, कहाँ पुग्यो राहत ?

काठमाडौं, १६ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, विद्युत् प्राधिकरण र मित्रराष्ट्रका विज्ञ टोलीसमेत परिचालित छन्। जिल्ला प्रशासन कार्यालय, नुवाकोटले मंगलबारसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कुन(कुन स्थानमा खोज तथा उद्धार र राहत कार्य भइरहेको छ भन्ने विस्तृत जानकारी दिएको छ।

कहाँ के भयो

त्रिशुली ३(ए जलविद्युत् आयोजना

नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत्का कर्मचारी गरी ९० जना परिचालित छन्। ड्रोन हेडको स्थान पत्ता लगाई करिब १० मिटर गहिरो हिलोमा ड्रिलिङ गरी इनलेटमा प्वाल पारिएको र सो प्वालबाट अत्यधिक पानी आइरहेकाले अर्को स्थानमा प्वाल पार्ने कार्य भइरहेको छ। खोज तथा उद्धार निरन्तर छ।

 

त्रिशुली ३(बी जलविद्युत् आयोजना

हेली मार्फत एक्साभेटर झिकाइ नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत्का कर्मचारी गरी ४७ जना परिचालित। हालसम्म १८ पटक हेली उडान भइसकेको छ।

त्रिशुली १, टनेल हेड(हाकु र टनेल टेल(मैलुङ

नेपाली सेनाको नेतृत्व र समन्वयमा मित्रराष्ट्रबाट आएको विज्ञ टोली ९युटी(१ २१६० परिचालित छन्। टनेल हेडतिर करिब ३०० मिटर र टनेल टेलतिर करिब २५० मिटरसम्म खोज तथा उद्धार प्रयास भएको छ। सुरुङभित्र ३(४ मिटरसम्म बाक्लो दलदल रहेकाले काम कठिन बनेको बताइएको छ।

चिलिमे जलविद्युत् आयोजना

नेपाली सेना, मित्रराष्ट्रको विज्ञ टोली र सीएसएसआर टिम परिचालित छन्। चिलिमे जलविद्युत् आयोजनामा करिब ५५ मिटरभित्रसम्म खोज तथा उद्धार जारी छ।

त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनामा करिब २०० मिटर र लाङटाङ क्षेत्रमा करिब १५० मिटरभित्रसम्म खोज तथा उद्धारको प्रयास भएको छ।

नुवाकोट जिल्लाका ७ स्थानमा नेपाली सेनाको ग्राउन्ड फोर्स परिचालित गरिएको छ। हरेक ठाउँमा पुग्ने गरी पेट्रोल टोली पनि परिचालित छ।

 

सडक सञ्चालन कहाँ(कहाँ मर्मत, कहाँ अवरुद्ध

गल्छी(देवीघाट सडक खण्डस्थित ठूलो खोला पुल मर्मत र लेदो हटाउने कार्य भइरहेको छ। त्यस्तै, तादी खोला बगाएर अवरुद्ध भएको बेली ब्रिज जोड्नका लागि सर्वेक्षण सुरु गरिएको छ।

ढुंगे बजार(तिरतिरे भीर सडक खण्डको पनि थप मर्मत कार्य जारी छ। वेत्रावतीतिर करिब २।८ किलोमिटर सडक खण्ड मर्मत हुन बाँकी छ, जहाँ करिब ३०० मिटर सडक नदीले पूरै काटेकाले वैकल्पिक मार्गको पहिचान कार्य भइरहेको छ।

वैकल्पिक सडकका यी मार्गमा चल्दैछन् सवारी

बाहुनेबेसी(लाच्याङ( पर्च्याङ(धुन्चेस्थित साना सवारी सञ्चालनमा छन्।

ढिकुरे(फेदीबेसी(चोगटे(बोरभञ्ज्याङ हुँदै वेत्रावती(रसुवा जाने बाटोमा पनि साना सवारी सञ्चालनमा ल्याइएको छ। चोगटे(बोरभञ्ज्याङ(दण्डखर्क(पाटीखर्क(भोर्ले सडकमा ठूला सवारी सञ्चालनका लागि पहल जारी भएको छ।
त्यस्तै, विदुर(११ थापाटार(वेत्रावती सडकमा विदुर नगरपालिकाको हेभी मेसिन परिचालन गरिएको छ।

साथै, कोलोनी(बुढीसिंहघाट सडक सुचारु अवस्थामा रहेको जानकारी छ।

राहत र होल्डिङ सेल्टर कहाँ कति जना, कहाँ राहत पुगेन

विदुर नगरपालिका र बेलकोटगढी नगरपालिका क्षेत्रमा दर्जनौं होल्डिङ सेल्टर सञ्चालनमा छन्। त्रिशुली बजार प्रभावितका लागि कोलोनी कवर्ड हल÷भैरुम माविमा गरी ५०० जनाको लागि राहत पुगेको तर मेडिकल टिम अनुपस्थित रहेको जारी विवरणमा उल्लेखित छ।

त्यस्तै, रातमाटे जिलिङ प्रभावित क्षेत्रस्थित महादेव मावि, बेलकोटगढी(७मा २ सय ७२ जनाका लागि राहत पुगेको छ। यता, त्रिशुली ढुंगे र सिमचौर प्रभावित क्षेत्रको सेफहाउस÷क्रियापुत्री भवनका लागि १५८ जनाको राहत पुगेको छ। यहा मेडिकल टिम उपस्थित छन्।

चन्द्रज्योती मावि, देविघाटमा १५९ जना राहत पुगेको छ। क्षेत्र प्रभावित बट्टारको कवर्ड हलमा १४८ जनाको लागि राहत पुगेको छ। त्रिशुली आ।वि।, विदुर(९ मा १०० जनाका लागि राहत पुगेको छ। शुल्क्षणा मावि, विदुर(९मा १२० जनाले राहत पाएका छन्। आयुर्वेद वैकल्पिक चिकित्सालय, देविघाटमा १०३ जनाका लागि राहत पुगेको छ। बेत्रावती भैंसे प्रभावित क्षेत्रस्थित सुन्दरि क्यौरीनी माविमा ९३ जनाका लागि राहत पुगेको छ।

इन्दायणी आ।वि।, विदुर(१ मा ६७ जना, देविघाट सिटखलीको रणभुवनेश्वरी मावि÷वडा कार्यालयमा ७५ जनाको लागि राहत पुगेको छ।

विदुर(७ तुप्चे प्रभावित क्षेत्रस्थित लाइब्रेरी, स्वास्थ्य चौकी तुप्चेटारमा दुई सय ५० जनाका लागि र नुवाकोट दरबारमा स्वास्थ्य चौकी विदुर(२ स्थित वेत्रावतीका ९८ जनासम्मको लागि राहत पुगेको छ।

अधिकांश शिविरमा राहत पुगिसकेको जिल्ला प्रशासनले जनाए पनि थोरै शिविरमा मात्र मेडिकल टिम खटिएको देखिन्छ, जसले धेरैजसो क्षेत्रमा स्वास्थ्य सेवा अझै पर्याप्त नपुगेको संकेत गर्छ।

खानेपानीको व्यवस्थापन

देवीघाटमा बोरिङबाट जेनेरेटर प्रयोग गरी खानेपानीको व्यवस्थापन गरिएको छ। विदुरमा विभिन्न स्थानमा ट्याङ्करबाट खानेपानी व्यवस्थापन गर्ने कार्य भइरहेको जिल्ला प्रशासनले जनाएको छ।

राहत वितरणको संयन्त्र तथा शव व्यवस्थापन

गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सबै सुरक्षा निकायका प्रतिनिधि र स्थानीय तहका प्रतिनिधि रहेको संयन्त्रमार्फत एकद्वार प्रणाली अनुसार राहत वितरण सम्बन्धी कार्य भइरहेको छ। समन्वय समितिको हल मैथली ब्यारेक र विदुर नगरपालिकाबाट राहत प्राप्त र वितरणको कार्य भइरहेको छ।

भदौ १५ गतेसम्ममा २१९ वटा संघ(संस्था मार्फत राहत संकलन भएको र १३१ वटा ठाउँमा राहत वितरण भइसकेको छ। भदौ १६ गतेसम्मको संकलित र संकलन केन्द्रबाट वितरण भएको विवरण अद्यावधिक हुँदै गएको जिल्ला प्रशासनले जनाएको छ।

भदौ १५ गते विभिन्न ९ स्थानमा १२ पटक हेली मार्फत राहत सामग्री पठाइएको थियो भने भदौ १६ गते बिहान १० बजेसम्म थप ८ स्थानमा ११ पटक हेली उडान गरी राहत सामग्री पुर्‍याइएको छ। कोल्पु खोलादेखि मैलुङ शान्ति बजार क्षेत्रसम्म त्रिशुलीको वारि(पारी गरी ३० ठाउँलाई आधार बनाई सुरक्षा निकायहरूद्वारा शव खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार बाढी सुरु भएदेखि भदौ १६ गते बिहानसम्म कुल ३,१६२ जना उद्धार गरिएको छ, जसमा नेपाली नागरिक २,९०८ जसमा पुरुष १,७१२, महिला १,१९६ र विदेशी नागरिक २५४ ९पुरुष २३१, महिला २३० रहेका छन्।
यस अवधिमा आंशिक अंगसहित कुल १५१ शव भेटिएका छन्, जसमध्ये ५१ जनाको पहिचान भइसकेको र १०० जनाको पहिचान हुन बाँकी छ। घाइतेको संख्या ६१ पुगेको छ।

बेपत्ता नागरिकको संख्या हाल २,२५१ रहेको छ। यसमा नेपाली पुरुष १,६१५, नेपाली महिला ४०७, विदेशी पुरुष तथा महिला र पहिचान नखुलेका गरी ५५ जना समावेश छन्।

भदौ १० देखि १५ गतेसम्मको तुलनामा भदौ १६ गते बिहान १० बजेसम्मको २४ घण्टामा थप २३ जना उद्धार भएका र २१ थप शव भेटिएको जिल्ला प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्