रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औँ वर्ष पूरा गरि १०औं वर्षमा प्रवेश, सम्पूर्ण कार्यक्रम सामाजिक उत्तरदायित्वमा केन्द्रीत
काठमाडौं, १५ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ९औँ वर्ष पूरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ९ वर्ष अघि जन्मिएको कम्पनीले वार्षिकोत्सवको अवरमा विभिन्न कार्यक्रमको आयोजना गरि जन्मोत्सव सम्पन्न गरेको छ । कम्पनीले औपचारिक उत्सवभन्दा पनि सम्पूर्ण सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ ।
कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै विपद्मा परेका नागरिकदेखि स्वास्थ्य, शिक्षा, वातावरण र जनचेतनासम्मका क्षेत्रमा योगदान पुर्याई सामाजिक उत्तरदायित्वमा केन्द्रीत भएको जनाएको छ ।
विपद्का कारण सिर्जिएको यस दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस वर्ष आफ्नो वार्षिकोत्सवलाई विगतका जस्तो औपचारिक समारोह र उत्सवमा सीमित नगरी सामाजिक उत्तरदायित्व र मानवीय सेवामा केन्द्रित गरेको छ । कम्पनीका अनुसार वार्षिकोत्सवको अवसरलाई समुदायसँग जोडिने र आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गर्दै विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको हो ।
बाढीपीडितको सहयोगका लागि कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरूको तीन दिनको तलबसहित कुल रु। ५१ लाख सहयोग प्रदान गरेको जनाएको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरेको हो ।
कम्पनीले बाढी तथा दैवीप्रकोपमा मात्र नभई स्वास्थ्य, शिक्षा, वातावरण, रक्तदान तथा बीमा सचेतनालगायतका क्षेत्रमा समेत निरन्तर सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । २०८२ सालको श्रावणदेखि हालसम्म दैवीप्रकोपलगायत विभिन्न सामाजिक कार्यमा कम्पनीले १ करोड १३ लाख खर्च गरिसकेको छ ।
कम्पनीले आगामी दिनमा पनि आफ्ना व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै समुदाय तथा राष्ट्रको हितमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले हजारौं परिवारमा विश्वास, सुरक्षा र आर्थिक आत्मविश्वस निर्माण गर्दै नेपालकै उत्कृष्ठ व्यवस्थापन भएको जीवन बीमा कम्पनीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकोमा गौरवान्वित महसुस भएको जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्गलगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढी तथा अन्य विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि कम्पनीले गरेको छ । कम्पनीले गर्ने यस्ता सामाजिक कार्यले मानवीय सहायता सँगै नागरिकमा ठूलो राहत हुनेछ । सबैको साथ र सहयोगले नै दुःद पीडामा परेका बेला नागरिकलाई महलमपट्टि हुनेछ ।
हाल कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्