सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घट्यो, चाँदीको भाव भने स्थिर
काठमाडौं, १५ भदौ। नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य भने यथावत् रहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा स्थिर छ। नेपालमा अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा महासंघले दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्