सहाराको २५० प्रतिशत हकप्रद बिकेन, १२ दिन म्याद थप

काठमाडौं । सहारा विकास बैंकले २५० प्रतिशत हकप्रद भर्ने म्याद थपेको छ । बैंकले अब १२ दिन समय थप गरेर हकप्रद भर्ने म्याद असार २४ गतेसम्म पुर्याएको हो । यसअघि बैंकले जेठ ६ देखि असार १० गतेसम्मको समय सिमा तोकेर १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । उक्त समयमा शेयर नबिकेर बैंकले म्याद थप गरि असार २४ गतेसम्म हकप्रद भर्न सक्ने बनाएको छ ।

१०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद वैशाख ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउँछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्