के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि करिब रु.३० लाख बराबरको खाद्यान्न सामग्री पठाइँदै

काठमाडौं, १५ भदौ । के एल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री आज (भदौ १५ गते) गते बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ प्रस्थान गराउने भएको छ।

यस पहिलो चरणको राहत अभियान अन्तर्गत करिब रु.३० लाख बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ।

राहत सामग्रीमा समावेश वस्तुहरूः

चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, दालमोठ र विभिन्न मसला लगायत रहेको ग्रुपले जनाएको छ ।

वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ।

के एल दुगड ग्रुपको बारेमाः
सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो। यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ। ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्