स्पेनको दोस्रो खेलमा पहिलो जित

एजेन्सी । स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गर्दै विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बीअन्तर्गत इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ ।
खेलमा ५४ औं मिनेटमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । सन् २००६ को विश्व कप पछि लगातार दुई खेलमा गोल गर्ने कोस्टा पहिलो स्पेनिस खेलाडी बनेका छन् ।
इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले हेड गर्दै बललाई गोलमा परिणत गरेपनि रेफ्रीले भिएआरको सहायतापछि त्यसलाई गोल दिएनन् ।
मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानको सामना गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्