भीषण बाढीमा परी चीनतर्फ १०४ जना नेपाली नागरिक बेपत्ता

काठमाडौं, १४ भदौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो।

सीजीटीएनका अनुसार, यस विपद्‌मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन्।

कुन देशका कति नागरिक बेपत्तारु

सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशी नागरिकहरूमा १०४ जना नेपालीसहित, ४९ जना भारतका, ३३ जना लाटभियाका, १८ जना अमेरिकाका, १५ जना बेलायतका, ६र६ जना अस्ट्रेलिया र क्यानडाका, ४ जना दक्षिण अफ्रिकाका, ३र३ जना जर्मनी, मलेसिया र रूसका रहेका छन् ।

त्यस्तै इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २र२ जना र फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १र१ जना रहेका सीजीटीएनले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले बेपत्ता भएका विदेशी नागरिकहरूबारे चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासहरूलाई जानकारी गराइसकेका छन्।

आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा छैनन्।

 

प्रतिक्रिया दिनुहोस्