खोज, उद्धार, राहत र शव व्यवस्थापनबारे विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल

काठमाडौं, १२ भदौ । भोटेकोशी रसुवा बाढि पहिरोको खोज, उद्धार, राहत र शव व्यवस्थापनबारे विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ ।

संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीचको छलफलले रसुवा बाढी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापनलगायका सम्बन्धमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन् । छलफलमा मन्त्रालय मातहतका निकाय र सहयोगी निकायका अधिकारीहरू सहभागी थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव थिए । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको पनि उपस्थिति रहेको थियो ।

यसले  दुर्त गतिमा सबै व्यवस्थापा हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्