रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला
काठमाडौं, १२ भदौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ। खोजी तथा उद्धारका कार्य जारी छ ।


प्रतिक्रिया दिनुहोस्