५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा
काठमाडौं, ११ भदौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विभिन्न ५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार बुधबार आएको बाढीपछि उनीहरू सम्पर्कमा आउन नसकेका हुन् । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।
जसमध्ये आधा नेपाली र आधा विदेशी छन् । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी सम्पर्कविहीन छन् । यीमध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् ।
आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन छन् । इप्पानका अनुसार आयोजनामा कार्यरत १२ जना हेडवर्क्स क्षेत्रमा र २०० जना बढी विद्युत् गृह (पावर हाउस) क्षेत्रमा उद्धारको पर्खाइमा छन् । ‘आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबर छ’ इप्पानले विज्ञप्तिमा भनेको छ।
त्यसैगरी रसुवागढी ९१११ मेगावाट० आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका छन् । कसैसँग पनि सञ्चार सम्पर्क हुन सकेको छैन ।
मैलुङ खोला ९५ मेगावाट० आयोजनाको विद्युत् गृहमा कार्यरत ८ जना कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूसँग बुधबारदेखि नै सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ । इप्पानका अनुसार हेलिकप्टर व्यवस्थापन गरेर अवलोकनमा जाने प्रयास भइरहेको छ ।
‘सिनो हाइड्रोका २ जना कर्मचारी हराइरहेका छन् । ५ जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्, शरण लिएकामध्ये ३ जना चिनियाँ र २ जना नेपाली उद्धारको पर्खाइमा छन्’ इप्पानले भनेको छ ।
त्यसैगरी सोही बाढीका कारण लाङटाङ खोला ९२० मेगावाट० आयोजनामा सुरुङमा थुनिएर सम्पर्कविहीन भएका ६० जना ९२५ जना स्टाफ र ३५ जना कामदार० सँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । अहिलेसम्म सबैको अवस्था अज्ञात छ ।
यस क्षेत्रमा विकासकर्ता कम्पनीका प्रतिनिधि गएर उद्धार गर्नका लागि प्रयास अघि बढाएपनि हेलिकप्टरको व्यवस्था हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्